अर्घाखाँचीको मालारानी गाउँपालिकामा हाते ट्रयाक्टर मर्मत तालिम सम्पन्न

अर्घाखाँचीको मालारानी गाउँपालिकामा हाते ट्रयाक्टर मर्मत तालिम सम्पन्न भएको छ । पछिल्लो समय सहर देखी गाउँका बस्ती बस्तीमा हाते ट्रयाक्टर प्रयोग कर्ता बढे संगै श्रम र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएकोले गाउँपालिकाले पालिका स्तरमा पहिलो चरणमा १८ जना युवा लाई मर्मत तालिममा समावेश गरिएको बताईएको छ ।
उक्त तालिममा पालिका भित्ररहेका ९ वटा वडा का युवा लाई समेटेर तालिममा सहभागी गराईएको पालिका अध्यक्ष बालकृष्ण आचार्यको भनाई छ ।यता तालिममा सहभागी युवाले सिपको सदुपयोग गर्ने बताउदै यस्तो खालको कार्यक्रम आगामी दिनमा पनि ल्याउन आग्रह गरेका छन ।
परम्परागत रुपमा गोरु जोतिने स्थानमा पावर टेलर प्रयोग गर्दा सजिलो पावर टेलर काम गर्न सजिलो हुने भएकाले पछिल्लो समय यसको माग बढ्दै गएकाले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग गाउँपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको बताईएको छ । साथै उक्त कार्यक्रमको समापनमा तालिममा सहभागीहरु लाई प्रमाणपत्र र ट्रयाक्टर मर्मत सम्भार सम्बन्धी औजार समेत वितरण गरिएको बताईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation