इतिहाँसमा पहिलोपटक नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी अर्घाखाँचीको काँधमा आएको छ ।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १ स्थाई घर भएका एसएसपी बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्राप्त गरेका हुन् ।२०५१ को चैत्रबाट इन्क्सपेक्टर पदबाट नेपाल प्रहरीको सेवा शुरु गरेका कुँवर प्रहरीको उच्च जिम्मेवारी प्राप्त गर्ने पहिलो अर्घाखाँचीवासी हुन् ।
नेपाल प्रहरीमा २५ वर्ष सेवा अवधी पुरा गरेका कुँवर सन्धिखर्क नगरपालिका वडा नं. १ तुम्कोटका स्थायी बासिन्दा हुन् ।नेपाल प्रहरीको उच्च जिम्मेवारी जिल्लावासीको काँधमा आएपछि अर्घाखाँची जिल्लावासी उत्साहित भएका छन् । साथै एसएसपी कुँवरले तोकिएको जिम्मेवारी इमान्दारिताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।