दक्ष जनशक्ति र लगानी सुनिश्चित,कपिलवस्तुमा १०० शैयाको अस्पताल निर्माण तिब्र

 सरकारी र सामुदायिक लगानीका अस्ताललाई समेत थप उपचारमा विरामीलाई  रिफर गरेर आफ्नै जिल्ला भित्र पठाउन मिल्ने क्षमता सहिको नीजि क्षेत्रको लागनीमा १०० शैयाको अस्पताल कपिलवस्तुमा छिटटै संचालनमा आउने भएपछि स्वास्थ्य क्षेत्रमा ठूलो प्रगती हुन लागेको हो । युनाइटेड हस्पीटल प्रा.लि.को नामवाट जीतपुर ४ नम्वरमा संचालित अस्पतालले तौलिहवा जीतपुर सडक खण्डको ठाकुरापुरमा करिव एक विगाह जग्गा खरिद गरेर ठूलो लगानी जुटाउदै १०० शैयाको हस्पीटल निर्माण तिब्र पारेको छ ।     

    एकजनाको २५ लाख देखि २ करोड सम्म लगानी लगाउदै केहि स्वास्थ्य क्षेत्रका उर्जावान ब्यक्तित्वले २५ करोड लगानीको श्रोत सुनिश्चितता गरेसंगै १०० शैयाको अस्पताल निर्माण तीव्र पारिएको प्रबन्ध निर्देशक सुन्दर आचार्यले जानकारी दिनु भयो । यो क्षेत्रमा लगानी गरेर नर्सिङ कलेज र विभिन्न प्राविधिक जनशक्ति तयार पार्नेगरी सुदृढ योजनाकासाथ अघि बढेकाले लगानी जुटाउन सकिएको उहाले वताउनु भयो । तीन महिनापछि सोही अस्पतालवाट सेवा शुरु गर्ने उहाले वताउनु भयो । 

    कोभिड १९ले स्वास्थ्य क्षेत्रको महत्व झनै स्थापित गरेकाले कपिलवस्तु र बुटवल क्षेत्रका केहि महत्वपूर्ण चिकित्सक समेतको प्रत्यक्ष संलग्नता हुनेगरी लगानी जुटाइ निर्माण तीव्र पारेका छौं उहाले भन्नु भयो । चालु आव भित्रै निर्माण पुरा गर्नेगरी काम भई रहेको उहाँको भनाइछ । युनाइटेड अस्पताल माध्यमवाट कपिलवस्तुमा बुटवल सरहकै उपचार हुन्छ भन्ने प्रमाणित गर्न र दाङ प्यूठान रोल्पा रुकुम र अर्घाखाँचीका विरामी समेत कपिलवस्तु नै आउने वाताबरण तयार पार्न सफल हुने अस्पतालका संचालक समिति अध्यक्ष बिक्रम  थापाले वताउनु भयो । उहाँले देशकै ख्यातीप्राप्त चिकित्सक राखेर पूर्ण क्षमतामा संचालनमा ल्याउन अव कुनै कुराले नरोक्ने दावि गर्नु भयो । स्वास्थ्य क्षेत्रमा लगानी र जनशक्ति जुटाउने काम चुनौती पूर्ण रहेपनि युनाइटेडले यी दुबै काम सहजै गरेको उहाँको दावि छ । 

तस्विर :इमरजेन्सी ब्लक 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation