सुशील गैरे,सुर्यमुखी युवा क्लवको २०औ खेल प्रतियोगिता पौष २५ गते देखि शुरु हुने भएको छ । बिकाश र परिवर्तनका लागी युवा अघि सरौ शिवगढीलाई पर्यटकीय स्थलको रुपमा बिकाश गरौ भन्ने मुल नाराका साथ सुर्यमुखी युवा क्लब शिवगढीले यस आयोजनालाई बिगत २० बर्षदेखि निरन्तर खेल संचालन गर्दै आएको छ ।
विगत २०वर्ष देखि प्रत्येक वर्ष माघी को अवसर पारेर स्थानीय पर्यटकिय स्थलहरुको प्रचार प्रसार साथै स्थानीय क्षमतावान खेलाडीहरुलाई आफुमा भएको कला देखाउने अवसर दिदै आएको छ खेलले भाईचाराको सम्वन्ध स्थापित गर्न मात्र नभई स्वस्थ रहन मद्धत पुग्ने भएकोले खेललाई सबैले महत्वका साथ सहयोग गर्नु पर्ने क्लबका अध्यक्ष प्रदीप शाहीले बताउनु भयो ।
युवालाई गलत बाटोमा लाग्न बाट रोक्ने मात्र नभई यस शिवगढीका बिभन्न पर्यटकीय स्थलको प्रचार प्रसारमा समेत टेवा पुर्याउने उपयुक्त माध्यम खेल पनि भएकाले यस प्रतियोगिता सबैको सहयोगले आज बिसौ बर्षमा प्रवेश गरेकोमा गौरब महसुस भएको भन्दै बिगतमा जस्तै यस बर्ष पनि सबैले सहयोग गर्नेमा बिश्वास्त रहेकोे शाहीको भनाई छ ।
यस प्रतियोगिताको बिजेताले नगद ४५हजार पाँचसय ५० सुर्यमुखी ट्रफी मेडल र प्रमाण पत्र ,द्धितिय नगद २१हजार पाँचसय ५० सुर्यमुखी ट्रफी मेडल र प्रमाण पत्र त्रितियले नगद १०हजार पाँचसय ५० सुर्यमुखी ट्रफी मेडल र पत्र र महिला तर्फ प्रथमले १०,०००दितियले ५,००० पाउने आयोजकले जानकारी दिएको ।