आयल निगमको भलबारी डिपोमा लोड-अनलोडको लागि नयाँ प्रविधि

१९ पुस, काठमाडौं । नेपाल आयल निगमको प्रादेशिक कार्यालय भलवारीमा अत्याधुनिक प्रविधि जडान गरेर तेल लोड अनलोड सेड गर्ने कार्य सुरु भएको छ ।नयाँ प्रविधि जडानपछि ८ घण्टामा करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ लोड गर्न सकिने प्रादेशिक कार्यालयले जनाएको छ । नयाँ प्रविधि जडानपछि डिपोको क्षमता तीन गुणाले बढेको डिपो प्रमुख प्रलयांकर आचार्यले बताए ।यसअघि सो कार्यालयबाट ८ घण्टामा ३/४ लाख लिटर मात्र लोड गर्न सक्ने अवस्था थियो ।पुरानो प्रविधि मार्फत कामगर्दा दैनिक काम सकाउन रातको ९/१० बजेसम्म कर्मचारी काममा खटिनुपर्नेमा अहिले त्यो समस्या समाधान भएको छ,,’ आचार्यले भने ।डिपोमार्फत लुम्बिनी प्रदेशका आठ जिल्लामा दैनिक १० देखि ११ लाख लिटर डिजेल र तीन लाख लिटर पेट्रोल बिक्री गर्दै आएको छ ।नयाँ प्रविधि जडानसँगै बिभिन्न जिल्लाबाट पेट्रोलियम पदार्थ लिन आउने तथा भारतका विभिन्न स्थानबाट पेट्रोलियम पदार्थ लिएर आएका ट्यांकरहरु लोड-अनलोड गर्न घण्टौंसम्म कुर्नुपर्ने समस्या समाधान हुने डिपोले जनजाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation