रोनाल्डोको किर्तिमानी गोलसँगै युभेन्टसको शानदार जित

२७ पुष २०७७ सोमबार

काठमाडौं : इटालियन सिरी ए फुटबलमा युभेन्टसले सास्सुओलोमाथि शानदार जित निकालेको छ। गएराति सम्पन्न खेलमा युभेन्टसले सास्सुओलोलाई ३-१ गोल अन्तरले हरायो। 

युभेन्टसको जितमा डानिलो,एरोन रामसी र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । त्यस्तै सास्सुओलोका लागि ग्रेगोइरे डेफ्रेलले एक गोल फर्काएका थिए। त्यस्तै सास्सुओलोका पेड्रो ओबिंगले खेलको पहिलो हाफको अन्तिम समयमा रातोकार्ड पाएर मैदाम छोडेपछि सास्सुओलो १० खेलाडीमा सिमित भएको थियो ।

यस खेलमा गोल गरेसँगै रोनाल्डोले यस सिजनमा सिरी ए आफ्नो १५ गोल पुरा गरेका छन्। योसँगै उनी पछिल्लो १५ सिजनसम्म लगातार उनी खेलेका लिगमा कम्तिमा १५ गोल गर्ने पहिलो खेलाडी बनेका छन्।  

जितपछि युभेन्टस सिरी एमा चौथो स्थानमा उक्लिएको छ। युभेन्टसको १६ खेलमा ३३ अंक रहेको छ। शिर्ष स्थानमा रहेको एसी मिलानको १७ खेलमा ४० अंक रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation