अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव स‌ंसदमा पेस

२८ पौस २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्ताव संसदमा पेस गरिएको छ। ‘दंगालाई प्रोत्साहन गरेको’ आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा महाभियोग प्रस्ताव पेस गरेको हो।  

कार्यकाल सकिने केही दिनमात्र बाँकी रहेको बेला उनीमाथि महाअभियोग मुद्दा लगाईको हो। ट्रम्प एउटै कार्यकालमा दोस्रोपटक महाअभियोगको मुद्दा व्यहोर्ने अमेरिकी राष्ट्रपति बेनका छन्।

डेमोक्रेटि सांसदहरुले तल्लो सदनमा सोमबार उनीमाथि गत साता क्यापिटल हिलमाथि भएको भयानक हमलाको आधारमा महाअभियोगको मुद्दा दायर गरेका हुन्। यो प्रस्तावमाथि यही साताको अन्त्यतिर मतदान हुने सीएनएनले जनाएको छ। 

डेमोक्रेट्सहरुले ट्रम्पलाई सत्ताबाटै बर्खास्त गर्ने गरी संशोधनका लागि उपराष्ट्रपति माइक पेन्ससँग आग्रह गरे पनि रिपब्लिकनहरुले यसलाई अस्वीकार गरेका थिए।​ महाअभियोग प्रस्तावमा ट्रम्पको लगातारको चुनाव जितेको दाबी र गत जनवरी ६ को भिडमा गरेको भाषणको सन्दर्भ उल्लेख छ। 

क्यापिटल हिलमा जो बाइडेनको जितलाई औपचारिकता दिन संसद बैठक चलिरहेका बेला ट्रम्पका समर्थकले आक्रमण गरेका थिए। जुन घटनामा ५ जनाको मृत्यु भएको छ।  हिंसालाई प्रोत्साहन गरेकाे भन्दै सामाजिक सञ्जाल ट्वीटर, फेसबुक र इन्स्टाग्रामले ट्रम्पको अकाउन्ट बन्द गरेका छन्। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation