प्रधानमन्त्री कप : कर्णाली प्रदेशद्धारा गण्डकी प्रदेशलाई पाँच विकेटले पराजित

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ।मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको गण्डकीले ४२ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय ४ रन बनाएको थियो।गण्डकीका लागि राहुल उपाध्यायले ५३, अर्जुन कुमालले ४६, कप्तान विपिन खत्रीले ३२, विशाल पौडेलले १५ र दिनेश बुढामगरले १० रन बनाए।

बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले तीन, अनुज चुनारा र दिवान पुनले दुई–दुई तथा रविन्द्र शाहीले एक विकेट लिए।२०५ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको कर्णालीले ३६ ओभर ५ बलमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। कर्णालीका लागि हमांशु शाहले ६८, विपिन रावलले ४९, राज शाहले ३२ र हेमन्त वलीले २९ रन बनाए। बलिङतर्फ गण्डकीका विपिन खत्रीले ४ तथा सुवास भण्डारीले एक विकेट लिएपनि टोलीलाई जिताउन सकेनन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation