धनीलाई थाहै नदिई जग्गा बेचेको आरोपमा मालपोतका कर्मचारी पक्राउ

जग्गाधनीलाई थाहै नदिई जग्गा विक्री गरेको प्रकरणमा प्रहरीले उद्योग मन्त्रालयका शाखा अधिकृत विनोद दाहाललाई पक्राउ गरेको छ । उनी मालपोत कार्यालय, कलंकीका पूर्वकर्मचारी हुन् ।धनगढी जान लागेका बेला दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।कार्यालयमा वहालवाला नायब सुब्बा नाराण श्रेष्ठ पनि पक्राउ परेको काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टले अनलाइनखबरलाई बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation