लुम्बिनीको विश्व शान्ति दिपमा एक बर्षको लागि दिप प्रज्ज्वलन गर्न सम्झौता

पाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय भलबारी र लुम्बिनी विकास कोष बीच सम्झौता भएको छ । गौतम बुद्धको जन्म स्थान लुम्बिनीको विश्व शान्ति दिपमा एक बर्षको लागि दिप प्रज्ज्वलन गर्ने समझदारी पत्रमा नेपाल आयल निगम लि लुम्बिनी प्रादेशिक कार्यालय भलबारीका प्रादेशिक प्रमुख प्रलयंकर आचार्य र लुम्बिनी विकास कोषका प्रमुख प्रशासन तथा व्यवस्था महाशाखा प्रमुख ज्ञानिन राई बिच सम्झौता भएको हो ।अब लुम्बिनीमा बल्दै आएको विश्व दिपमा निगमको सुस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गरिएको दिप बल्ने छ ।यस पुनित कार्यमा सहयोग गर्ने निगमका कार्यकारी निर्देशक श्री सुरेन्द्र कुमार पौडेलले लुम्बिनी जस्तो पवित्र ठाउँमा सहकार्य गर्न पाउँदा खुशी महशुस भएको बताउनुभयो 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation