कपिलवस्तु सामुदायिक अस्पताल बाणगंगामा सोमबार (भोली) देखि प्रसुति सेवा आरम्भ हुने भएको छ ।पछिल्लो समय बिभिन्न सेवा वृद्धि गर्दै आइरहेको अस्पतालले भोलीबाट प्रसुति सेवा सुरु गर्ने भएको हो । यस क्षेत्रमा भरपर्दो प्रसुति सेवा नभएर आमादिदीहरुले दुख पाइरहेको भन्दै अबदेखि त्यो दुख कसैले पनि भोग्न नपर्ने अस्पतालका अध्यक्ष रामजी सेनले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
विहान एक कार्यक्रमकाबीच सुरु हुने प्रसुति सेवाबाट अधिकतम फाइदा लिन पनि उहाँले सबैमा आग्रह गर्नुभएको छ । दक्ष स्वास्थ्यकर्मीबाट प्रसुति गराइने भएकाले ढुक्क भएर सेवा लिन आउन पनि अस्पतालले आग्रह गरेको छ ।अस्पतालमा अहिले माइनर अप्रेसन, २४ घण्टा इमरजेन्सी सेवा तथा ओपिडी लगायतका सेवाहरु रहेका छन् । अस्पतालले आगामी दिनमा थप सेवाहरु पनि वृद्धि गर्दै लैजाने योजना राखेको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पोख्रेलले बताउनु भयो ।