मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुको सभापतिमा पुनः पोख्रेल निर्वाचित

मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुको सभापतिमा पुनः गोविन्द पोख्रेल निर्वाचित हुनुभएको छ । समाजको शनिबार भएको तेस्रो जिल्ला साधारणसभा तथा दोस्रो अधिवेशनबाट पोख्रेलको नेतृत्वमा १३ सदस्यिय कार्यसमिति चयन भएको हो ।

जसको उप–सभापतिमा पशुपतिमणी त्रिपाठी, सचिवमा माधव घिमिरे, कोषाध्यक्षमा दिनकला सुवेदी कलाम, सह–सचिवमा बुद्धिसागर बेल्वासे, सदस्यहरुमा बसन्ती कुँवर, भुवन न्यौपाने, गुरुदेव पौडेल, लक्ष्मी थारु, प्रविण पौडेल र सीता मल्ललाई चयन गरेको छ ।

दुई जना सदस्यहरु विष्णु पन्थ र रिता थापालाई पहिलो पूर्ण बैठकले मनोनित गर्ने निर्णय भएको बन्दसस्त्रका निर्वाचन अधिकृत रविराज आचार्यले जानकारी दिनुभयो ।

समाजको उद्घाटनसस्त्रमा असंबैधानिक एंव अलोकतान्त्रिक तवरमा प्रतिनिधिसभा विघटनः प्रतिगमनको शिलशिला विषय अन्तर संवाद कार्यक्रम राखिएको थियो ।

उक्त अन्तर संवाद कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी, लुम्बिनी प्रदेश सभा सदस्य रिना नेपाल, जिल्ला समन्वय समितिका उप–सभापति तारावती थारु, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य कृष्ण पंगेनी, देवकला सुवेदी, गोपाल भण्डारी, कुलराज पौडेल लगायतले बोल्दै बर्तमान सरकारले गरेको संसद विघटन विरुद्ध सबै एक भएर लाग्ने बताउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation