हिरासतमा लिएको एक दिनपछि म्यानमारका मुख्यमन्त्रीहरु रिहा

म्यानमारको सेनाले हिरासतमा लिएको एक दिनपछि मंगलबार क्षेत्रीय तथा स्थानीय राज्यका मुख्यमन्त्रीहरुलाई रिहा गरेको छ । म्यानमारको सेनाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाए अनुसार मंगलबार मुख्यमन्त्रीहरु रिहा भएका हुन् ।सोमबार म्यानमारको सेनाले सरकार सञ्चालन गर्ने नेताहरु, क्षेत्रीय र राज्यका मुख्य मन्त्रीहरु र सत्तारुढ पार्टीका केन्द्रीय कार्यकारी सदस्यहरुलाई पनि पक्राउ गरेको थियो ।

यस्तोमा मुख्य मन्त्रीहरु र सत्तारुढ पार्टीका संसदीय प्रतिनिधिहरुलाई मंगलबार बिहान हिरासत मुक्त गरिएको सैनिक स्रोतले बताएको समाचारमा उल्लेख छ ।सोमबार म्यानमारको सेनाले ‘कू’ गर्दै सरकार तथा संसद्का प्रतिनिधिहरुलाई हिरासतमा लिएको थियो । सेनाको यो कार्यको विश्वभर आलोचना भइरहेको छ । अन्तर्राष्ट्रिय समुदायले गत नोभेम्बरमा भएको निर्वाचनको सम्मान गर्दै हिरासतमा लिएका सबै नेता तथा सरकार प्रतिनिधिहरुलाई रिहा गर्न माग गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation