उद्योग बाणिज्य सघंको अध्यक्षसहित सबै पदमा कांग्रेसद्धारा उमेद्धवारी घोषणा

कपिलवस्तु

कपिलवस्तु उद्योग बाणिज्य सघंको नया नेतृत्वका लागि चुनावी माहोल बढेको छ । संघको अधिवेशन नजिकिदै गर्दा चुनावी सरगर्मी बढेको हो । यस्तै नेपाली कांग्रेसले सघंको अध्यक्षसहित सबै पदमा उमेद्धवारी घोषणा गरेको छ । आज पत्रकार सम्मेलन गर्दै अध्यक्षसहित का पदमा उमेद्धवारी घोषणा गरेको हो । संघको अध्यक्षमा कांग्रेसले डोलकराम घिमिरेलाई उठाएको छ । यस्तै वरिष्ठ उपाध्यक्ष पदमा लक्ष्मण अधिकारी, उद्योग उपाध्यक्षमा तुल्सीराम घिमिरे, बाणिज्य उपाध्यक्षमा खुमानन्द घिमिरे लाई उठाउने निणर्य गरेको छ । यस्तै महासचिवमा मनोज पौडेल, कोषाध्यक्षमा बिनोद पन्त, सचिवमा शंकर प्रसाद न्यौपाने, सह कोषाध्यक्षमा सेराज अहमद, महिला उपाध्यक्षमा इन्द्रीरा तिमिल्सीनालाई उमेद्धवार उठाउने निणर्य गरेको छ । यस्तै महिला सदस्यमा लक्ष्मी थारु र मिना पौडेल पोखरेललाई उठाउने निणर्य गरेको जनाइएको छ । यसैगरी एसोसेट उपाध्यक्षमा टोपनारायण भण्डारी सदस्यमा लक्ष्मण भुसाल र मनोज बानिया लाई उठाउने निणर्य गरेको छ भने वस्तुगत उपाध्यक्षमा शालिकराम भुसाल, लेखा समितिमा कृष्ण अर्याल, बसन्त खनाल र फर्सुराम पन्तलाई चुनावी मैदानमा लडाउने नेपाली काग्रेस पक्षले निर्णय गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation