महिलामाथिका हिंसाका घटनाको विरोध गर्दै मार्चपास

महिलामाथि हुने हिंसा, विभेद र बलात्कारका घटना बढिरहे पनि रोकथामको प्रयास नभएको भन्दै बृहत् नागरिक आन्दोलनले शुक्रवार ‘सिंहदरबार महिला मार्चपास’ गरिरहेको छ । दिउँसो २ बजे काठमाण्डौको वसन्तपुरमा भेला भएर नागरिक आन्दोलनले सिंहदरबारको मूल गेटसम्म मार्चपास गरिरहेको हो । मार्चपासमा कालो कपडा लगाएका महिलाहरूका साथै प्रतिकात्मक शव र मलामी पनि देखाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation