अर्घाखाँची सिमलपानीको वाणगंगा खोलापारी पावरामा विद्यालय छ । करिब ३ सय मिटर हिँडेपछि स्कुल पुगिन्छ । तर, बीच बाटो मै पर्ने बाणगंगा नदी तरेर स्कूल जान नसक्दा सयौं विद्यार्थी पढ्नबाट बन्चित हुँदै आएका छन् । हिउँदमा तर्न सकिने वाणगंगा बर्खामा भने तर्न सक्ने उपाय नै छैन ।
पढाई बिग्रीने डरले आत्तिएका विद्यार्थी जनतन स्क्रल जान खोज्दा उनीहरु जोखिम मोलेरै जान बाध्य छन् । खोला तर्न नसके घरबाटै विद्यालय भवन हेरेर बस्नु बाहेक विक्रमसोताका बालबालिकासंग अर्को उपाय नै छैन । तर, हालै मात्र उर्जा जलश्रोत सिंचाई मन्त्री टोप बहादुर रायमाझीले पुलको शिलान्यास गरेपछि यहाँका स्थानीयबासिन्दा निकै खुसी देखिन्छन् ।