तौलिहवा, कमल बञ्जाडे–
मेलमिलाप सम्बन्धी ८ दिने तालिम कपिलवस्तु नगरपालिकामा सुरु भएको छ । शुक्रबार कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा एक उद्दघाटन कार्यक्रम गरि तालिमको सुरुवात भएको हो ।
मेल मिलाप सम्बन्धि तालिमले पालिकाको न्यायिक समितिमा आउने विवादहरु समाधान गर्न सहज हुने उद्दघाटन सत्रका वक्तहरुले बताएका छन् । कार्यक्रममा बोल्दै कपिलवस्तु नगरपालिकाका उप प्रमुख लक्ष्मी गुप्ताले मेल मिलापकर्ताहरु तैयार भए पश्चात विवादहरुमा मेलमिलाप गराउन सहज हुने विश्वा गर्नु भयो । उहाले मेल मिलापकर्ताहरुको सहयोगमा न्यायिक समितिलाई थप कृयासिल बनाउन मद्दत मिल्ने बताउनु भयो ।
यस्तै कार्यक्रममा सहभागिहरुलाई शुभकामना मन्तव्य दिदै वार्ड १ वडा अध्यक्ष सुदिप पौडेलले हरेक वार्डमा मेल मिलापकर्ताहरु भए पश्चात वडामै विवाद व्यवस्थापनका गर्न सकिने र त्यसका लागि मेल मिलापकर्ताहरु तैयार भएर काममा आउन आग्रह गर्नु भयो । यस्तै वार्ड २ का वडा अध्यक्ष भजन कलवारले तालिमले गाउँका स साना विवादहरुलाई सहज चित्त बुझ्नो तरिकाले समाधान गर्ने बताउनु भयो । वार्ड ३ वडा अध्यक्ष प्रकाश गैह्रेले मेलमिलाम सम्बन्धी तालिम पश्चात न्यायिक समिति प्रभावकारी हुने बताउनु भयो । कार्यक्रममा वार्ड नं. ४ का वडा अध्यक्ष रवेन्द्र प्रसाद तिवारी, वार्ड ८ का वडा अध्यक्ष शिव बहादुर वाग्ले, वार्ड नं. ११ का वडा अध्यक्ष राम गोपाल यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बैषाख १० गते सम्म सञ्चालन हुने तालिमममा गाउँपालिका भित्रका १२ वटाबाट ३ जनाका दरले ३६ जनाको सहभागिता रहेको कपिलवस्तु नगरपालिकाका समाजिक विकास अधिकृत पदमराज श्रेष्ठले जानकारी दिए ।