बागलुङकी युवतीको धौलागिरी अस्पतालमै उपचार गरिने ,बेल्जियमबाट आएका थप दुईको नमुना संकलन

काठमाण्डौँ ।

(कोभिड–१९) को संक्रमण देखिएकी बागलुङकी युवतीको धौलागिरी अस्पतालमै उपचार गरिने
काठमाण्डौँ ।कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकी बागलुङकी युवतीको धौलागिरी अस्पतालमै उपचार गरिने भएको छ ।
बेल्जियमबाट कतार हुँदै ४ चैमा नेपाल आएकी बागलुङ नगरपालिका ४, कुँडुलेकी १९ वर्षीया उनलाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको थियो । त्यसअघि घरमै रहेको उनलाई धौलागिरि अस्प्तालमा भर्ना गरिएको छ । उनको अवस्था सामान्य छ ।

धौलागिरि अस्पतालमै उपचार गर्न सकिने भएकाले व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई)भेन्टिलेटर, भिटिएम लगायतका सामाग्री पोखराबाट बागलुङ पठाउन लागिएको प्रदेश स्वास्थ निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । ‘किशोरीको स्वास्थ अवस्था सामान्य छ । चिकित्सकहरु पनि पर्याप्त छन्, त्यसैले धौलागिरि अस्पतालमै उपचार हुन्छे,’ नले भने, ‘उपचारका लागि आवश्यक अत्यावश्यक सुरक्षा सामाग्री हामी पठाउँछौं ।’

संक्रमितको उपचार र उनको सम्पर्कमा आउनेलाई पनि सुरक्षा र साबधानी उपनाउन शनिबारै प्रदेश सरकारले गठन गरेको डा। आर्या पौडेलको संयोजकत्वमा रहेको र्‍यापिट रेस्पोन्ट टिमको बैठक बसेको थियो । संक्रमितको अवस्था बुझेर थप उपचारका लागि पोखरा वा काठमाडौं कहाँ लैजानुपर्ने हो तय गर्ने, एम्बुलेन्स लगायतका सामाग्री तयारी गर्ने बैठकको निर्णय थियो ।

तर विरामीको अवस्था जटिल नभएकाले बालगुङमै उपचार गर्न सकिने निश्कर्षका साथ पिपिई, भेन्टिलेटर लगायतका सामाग्री बागलुङ पठाइँदैछ । ‘गृह र स्वास्थ्य मन्त्रालयले पनि बागलुङमै उपचार गर्न अनुमति दिइसकेको छ,’ डा। निर्देशक शर्माले भने, ‘उपचारका लागि चाहिने सम्पूर्ण प्रवन्ध मिलाउँदैछौं ।’

कोरोना संक्रमित युवतीसँगै बागलुङका थप दुई जना पनि आएका थिए । बागलुङ नगरपालिका वडा नम्बर ३ की ६५ वर्षीय महिला र ढोरपाटनका युवक पनि किशोरीसँगै बेल्जियमदेखि बागलुङ आएका थिए । होम क्यारेन्टाइनमा बसिरहेका उनीहरुको थ्रोट स्वाब आज संकलन गर्न लागिएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले जानकारी दिए । ‘अरु व्यक्तिको पनि अवस्था हेरेर नमुना संकलन गर्ने तयारी भइरहेको छ,’ मेयर पौडेलले भने, ‘उनको सम्पर्कमा आउने अरुको पनि खोज भइरहेको छ ।’स्वाब संकलनका निम्ति बागलुङमै तालिम प्राप्त दुई चिकित्सक तयारी अवस्थामा छन् भन् पोखरादेखि पीपीई र भिटिएम लिएर बालगुङ लगिएको प्रदेश जनस्वास्थ प्रयोगशालाकी प्रमुख सपना सुवेदीले जानकारी दिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation