सैनामैना उद्योग वाणिज्य संघमा प्रतिगमनपक्षधर परस्त,एमालेलाई झड्का

शक्तिशाली मन्त्रालय सहितका देशको बागडोर सम्हालिरहेका एमाले महासचिव विष्णु पौडेलको गृह जिल्ला रहेको रुपन्देहीको सैनामैनामा एमाले निकट व्यवसायीलाई ठुलो झट्का लागेको छ ।
सनिवार संम्पन्न सातौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेसनबाट नयाँ नेतृत्व चयन प्रकृयामा नेपाली कांग्रेस र माओवादी केन्द्र सहित अन्य साना दलहरु निकट व्यावसायीले प्रतिगमन विरुद्धको मोर्चा बनाएपछी एमाले निकट व्यावसायीले मनोनयन दर्ताको समेत हिम्मत नगरेको स्थानिय व्यापारी सरोज अधिकारीले बताए । एमाले निकट व्यवसायीको मनोनयन दर्ता नभएपछी अन्य दलहरुले सर्वसम्मत नेतृत्व चयन गरेका छन् । जसको अध्यक्षमा कांग्रेस निकट व्यावसायी प्रेम बहादुर खड्का वरिष्ठ उपाध्यक्षमा माओवादी निकट दिपक अधिकारी सहित १७ सदस्य कार्यसमिति निर्वाचित भएका छन् । यता व्यावसायीले माधव नेपाल निकट मानिने मित्र भुषाललाई सचिवको जिम्मेवारी दिएका छन् । यो सँगै ओली निकट प्रतिगमन पक्षघरलाई भने ठुलो झड्का लागेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation