एकाबिहानै बिप्लब र नेपाल बीच नेपाल कोटेश्वरमा भेटबार्ता

केपी ओलीको सरकार सँग ३ बुदेँ सहमति गरेर शान्ति प्रकियामा आएका नेकपाका महासचिव विप्लवले शेरबहादुर देउवाको सरकार बने लगतै राजनैतिक भेटघाटलाई तिव्र बनाएका छन ।

बुधवार मात्रै जनयुद्दमा सुप्रिमो कमाण्डर समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई भेटेका विप्लव बिहिवार बिहानै नेकपा एमालेका नेता माधव कुमार नेपाललाई उनकै कोटेश्वर स्थित निवासमा भेटेका छन ।

नेता नेपालको सचिवालयले दिएको जानकारीअनुसार विप्लव र धर्मेन्द्र बाँस्तोलाले नेपालसँग कुराकानी गरेका हुन्।

यसै गरी नेपाल र विप्लवबीच कुराकानी चल्दै गर्दा माओवादी केन्द्रका अध्यक्ष पनि सामेल भएका छन ।

तीनै जनाको भेटलाई महत्वपुर्ण बिषयको रुपमा हेरिएको छ । उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation