सैनामैना, रुपन्देही
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्यिुनिष्ठ लिग(ycl) नेपाल सैनामैनाले नगर भित्रका ११ वडाका अगुवा कार्यकर्ता विच वर्तमान राजनैतिक परिवेश तथा युवाको सामाजिक उत्तरदायित्व बारे अन्तरकृया कार्यक्रम, आज सैनामैना नगरपालिका वडा नं. २ को ग्लोवल पार्टी प्यालेसमा समपन्न गरेको छ ।
(ycl) नगरका संयोजक गोविन्द खरेलको अध्यक्षता नेकपा माओवादी केन्द्र रुपन्देही सचिवालय सदस्य भोला बस्यालको प्रमुख आतिथ्यता, नेकपा माओवादी केन्द्र सैनामौना नगर संयोजक मान बहादुर महत (नारायण) विशिष्ठ आतिथ्यता, (ycl) नेपाल नगर ईन्चार्ज मंगलबहादुर रावत (महान)को विशिष्ठ आतिथ्यता र नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सदस्यहरु दिपिका शर्मा, दिपक भण्डारी, अखिल नेपाल मजदुर संघ लुम्बिनी प्रदेश सदस्य कुम बहादुर सार्की लगाएत क्षेत्रीय नेता रोमनाथ न्यौपाने, दिपक अधिकारी, (ycl) नेपाल केन्द्रिय सदस्य (रुपन्देही ईन्चार्र्र्ज) माधव वस्नेत, (ycl) नेपाल रुपन्देही जिल्ला संयोजक केशव कुंवर, शिद्धार्थ नगर संयोजक दिलिप पर्जापति, महिला नेतृ शान्ती बराल, युवा नेता सुरज भट्टराई, दिपक सुनारको आतिथ्यता रहेको उक्त कार्यक्रममा नगर भित्रका करिव १०० भन्दा वढी युवाहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा वोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला कमिटि सचिवालय सदस्य भोला बस्यालले मुलक माओवादीकै एजेण्डामा चलिरहेको र परिवर्तन रक्षाका निम्ती प्रतिगमनका विरुद्ध (ycl) नेपाललाई शसक्त रुपमा प्रतिरोधका लागि तयार हुन् निर्देशन गरेका छन् । त्यसै गरी बिशिष्ठ अतिथि नगर संयोजक मान बहादुर महतले स्थानिय निकायमा जनताको सेवामा (ycl) लाई परिचालित हुन अपिल गरेका छन् भने (ycl) नेपाल केन्द्रय कमिटि सदस्य तथा रुपन्देही ईन्चार्ज माधव वस्नेतले स्यालहरु ब्वासो बन्न खोजे (ycl) बाघ हो भन्ने हेक्का रहोस भनि प्रतिगमन पक्षधरलाई परास्त गर्ने चेतावनी दिएका छन् ।
सोही अन्तरकृया कार्यक्रमा नगर भित्रका ११ वटै वडाका (ycl) नेपालमा आवद्ध युवाहरुलाई (ycl) नेपाल लोगो अंकित टिसर्ट वितरण समेत गरिएको थियो । (ycl) नेपाल सैनामैना नगर संयोजक गोविन्द खरेलले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने (ycl) नेपाल नगर ईन्चार्ज मंगल बहादुर रावत को स्वागत मन्तव्य तथा (ycl) नेपाल सैनामैनाका नगर सचिव केशव विश्वकर्मा (राज)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।