लुम्बिनी प्रदेशकी सांसद वली माओवादी केन्द्रको सम्पर्क बाहिर

उज्यालो पोष्ट, सैनामैना

लुम्बिनीमा एकपछी अर्को महिला सांसद हराएका घटना बाहिर आएका छन्। केही समय पहिला लुम्बिनी प्रदेशमा जसपा सांसद पुर्मती ढेंगा मगर सम्पर्क बिहिनको खबर सार्वजानिक भएको ३ दिन नबित्दै माओवादी केन्द्र रोजेकी दाङकी सांसद बिमला वली शुक्रबार रातिबाट सम्पर्क बिहिन भएकि माओबादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रका ससदीय दलका प्रमुख सचेतक तुलाराम घर्तीले सम्पर्कमा नरहेको बताएका हुन्। उनले बिमला वलि उपचारको लागि नेपालगन्जमा रहेको पारिवारिक स्रोतले बताएको बताएका छन्। उनले पार्टिले सम्पर्क गर्दा सम्पर्कमा नआएको र उहाको फोन अरुले नै उठाएर यो जानकारी गराएको बताए।

आजै ११ बजे ससदीय दलको बैठक रहेको र वलीलाई पहिलेनै जानकारी रहेकोले आउने नआउनेबाट केही कुरा थाहा हुने बताए। लुम्बिनी प्रदेशमा सरकार अल्पमतमा रहदा गठबन्धनमा रहेका सांसदहरु पालो गरिगरि सम्पर्क बिहिन हुने घटनालाई निकै चासो दिइएको छ।

सांसद वलीको मोबाइलमा सम्पर्क गर्दा सम्पर्क भएन । नेकपाबाट उप निर्वाचन लडेर बिजयी भएकी सांसद वली गत चैत्र महिनामा माओवादी पार्टी रोजेको भन्दै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र तर्फ रहेको घोषणा गरेकी थिइन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation