महाकालीमा युवक बेपत्ता घटनाबारे छानबिन गर्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको माग

काठमाडौँ — नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

अखिल फोर्सको भेलामा शनिबार पूर्वप्रधानमन्त्री नेपालले उक्त घटनाको नेपाल सरकारले छानबिन गर्नुपर्ने बताएका हुन् । उनले भारत सरकारलाई उक्त घटनामा सहभागीलाई कारबाही गर्नका लागि पनि ध्यानाकर्षण गराएका छन् ।

नेता नेपालले सरकारले भारतसँग उक्त विषयमा कुरा उठाउन भनेर ध्यानाकर्षण गराएका हुन् ।

शुक्रबार महाकाली तर्ने क्रममा व्यास गाउँपालिका(२ का जयसिंह धामी महाकालीमा बगेका थिए । उनी नेपालबाट भारत जाने क्रममा तुइन तर्ने क्रममा महाकालीमा बगेका हुन् । उनी तुइनमा महाकाली तरिरहेको बेला भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा उक्त घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation