विप्लवका कार्यक्रम अझै गोप्य ठाउँमा

उज्यालो पोष्ट, सैनामैना

नेकपा माओवादी विप्लव अझै पनि आफ्ना कार्यक्रम गोप्य ठाउँमा गर्दै आएको छ । उसले खोटाङ्ग जिल्ला कमिटीको बैठक जिल्लाको अनकण्टार ठाउँ निर्मली डाँडामा बोलाएको छ । बैठक गोप्य रुपमा आयोजना गरिएको बताइन्छ ।

विप्लव माओवादीको जिल्ला कमिटी बैठक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९, निर्मलीडाँडामा बसेको हो । हिजो दिउँसो बसेको बैठक साँझ सकिएको बताइन्छ ।

५ घण्टा लामो बैठकमा सगरमाथा इञ्चार्ज चन्द्रबहादुर बुढाथोकी (शैलेस) जिल्ला इञ्चार्ज जीवन राई,जिल्ला सेक्रेटरी सञ्जिव मगर, जगवीर राई जनपरिषद् प्रमुख तथा खोटाङ आर्थिक विभाग प्रमुख चक्रबहादुर खत्री, सुदिप शर्मा ,रविन राई (क्षेत्र नम्बर २ कमिटी सदस्य) खगेन्द्र राई (जिल्ला कमिटी सदस्य खोटाङ विद्यार्थी संघ इञ्चार्ज) लगायत डेढ दर्जनभन्दा बढी जिल्लास्तरीय नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

बैठकले पारित गरेको निर्णय भने हालसम्म सार्वजनिक नगरी गोप्य राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation