तोलामा पाँच सय रुपैयाँले घट्यो

काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ९२ हजार चार सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी चाँदीको प्रतितोला मूल्य पनि ९२ हजार ४ सय रुपैयाँबाट घटेर ९१ हजार ९ सय रुपैयाँ कारोबार भएको छ ।
आइतबार चाँदीको भाउ स्थिर छ । शुक्रबार एक हजार दुई सय ८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ आइतबार बढेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation