उज्यालो पोष्टबुटवल । देशमा परिवर्तनको संवाहकको रुपमा परिचित पार्टि, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केद्र) सैनामैना रुपन्देहिले संगठन निर्माणलाई तिव्रता दियको छ । सर्वच्च अदालतले माओवादी र एमाले मिलेर बनेको नेकपालाई खारेज गरिदियपछि माओवादी उत्साहित बनेको हो । यो संगै माओवादी केन्द्र सैनामैनाले अव आउने स्थानिय तहलाई लक्षीत गरि टोल भेलालाई तिव्रतामा अघि बडायको र आगामी चुनाबमा माओवादी केद्रले सैनामैनामा सजिलै जित्ने नगर संयोजक मान बहादुर महत्त(नारायण)ले बताउनुभएको छ ।
आज बुधवार सैनामैना वडा नं. चार को कुश्माभाटा टोल मा सयौको सख्यामा स्थानियको उपस्थितिमा भेला गरेको छ ।
अनिल चौधरीको अध्यक्षतामा सत्र सदस्य टोल कमिटि चयन गरिको छ भने अनिल चौधरीको अध्यक्षतामा भएको कार्यक्रमा जिल्ला नेता मान बहादुर महत्त(नारायण), दिपक भण्डारी, दिपक अधिकारी, तेजनारायण सुवेदि, भगवति चौधरी, विश्वराम चौधरी, सुर्यप्रकाश चौधरी, रामबहादुर बुढा,जानकी शर्मा लगायतको उपस्थिति रहेको थियो ।