उज्यालो पोष्ट,बुटवल । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र सैनामैना नगर कमिटिले संगठन बिस्तारलाई तिव्रता दिएको छ । सोहि क्रममा आज सैनामैना–९, वनरहवा,कुमारगड्डी भुजनिटोलमा देब बहादुर थापा मगरको अध्यक्षतामा १७ सदस्यीय टोल कमिटी गठन गरेको छ ।
नेकपा माओवादी केन्द्र रुपन्देहि जिल्ला कमिटि सदस्य दिपक भण्डारीको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा बोल्दै नेता भण्डारीले मुलुक पूजिवाद तर्फ उन्मुख भैरहेको जस्तो देखियतापनि माओवादिको एजेण्डामा चलिरहेकोले जनतामा निरासा नपाल्न आग्रह गर्दै, अगामि चुनावमा बहुमतका साथ माओवादी केन्द्र पहिलो पार्टि बन्ने र सर्वहारा बर्गको हितका लागि काम गर्ने वातावरण गराउन स्थानिय निकायका टोल टोलसम्मका नेता तथा कार्यकर्ताहरुले अहम भुमिका खेल्नुपर्ने बताएका छन् ।