अन्तरजातीय विवाह गरेकी अर्घाखाँचीको युवतीलाई न्याय दिलाउन प्रहरीमा उजुरी

बुटवल, साउन २३ । बुटवलमा एक युवतीको अन्तरजातीय विवाह गरेकै कारण श्रीमानको यातनापछि आत्महत्या गर्न बाध्य भएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी परेको छ । बुटवल ६ पूरानो बसपार्कमा कोठाभाडामा बस्दै आएकी अर्घाखाँची शितगंगाकी २ की २१ बर्षिय सृजना सुनारले आत्महतया गर्न बाध्य पारिएको भन्दै प्रहरीमा उजुरी परेको हो ।
विहिबार बुटवल ६ पूूरानो बसपार्क सौभाग्यनगर स्थित कोठा बन्द गरेर चुन्नीको पासो लगाएर झुन्डिएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय बुुटवलले जनाएको छ । कुुटपिट गर्ने, मानसिक र शारीक रुपमा यातना दिने गरेको सुुसाईट नोटमा लेखिएको इलाका प्रहरी कार्यालय बुुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए ।
सुसाईट नोट लेख्दै श्रीमान शितगंगा २ जिमाने टोलका २३ बर्षिय सुमन क्षेत्रीले चरम यातना दिएइकै कारण आत्महत्या गर्न बाध्य भएको उल्लेख छ ।
प्रेम सम्बन्ध कायम भएकै बेला गत वर्ष सृजना गर्भवती भएकी थिईन । विवाह नहुँदै गर्भ बसेपछि सुमनलाई विवाहका लागि अनुरोध गरेपनि नमानेको र पछि प्रहरीमा उजुरी परेपछि मात्रै विवाह भएको थियो । प्रहरीमा उजुरी गर्छु भनेपछि गत चैत २ गते विवाह भएको मृतक सृजनाकी नाताले सोल्टीना पर्ने मञ्जु सुनारले बताईन । विवाह गर्नुको साटो सुमनले उपचार गर्ने वाहनामा अस्पतालमा लगेर ८ महिनाको गर्भ तुहाइदिएको मञ्जुको भनाई छ
प्रहरीमा उजुरी परेकै कारण विवाहको नाटक मात्रै गरेको सृजनाका आफन्तहरुको भनाई छ । सुमनले दलित भएकै कारण स्विकार गर्न नसक्दा विवाह पछि पनि ३ महिनाको गर्भ फेरी तुहाइदिएको मृतक सृजनाका दिदि दीपा सुनारले बताईन । कपिलबस्तु स्थित नेपाली सेनामा कार्यरत आरोपित सुमन क्षेत्रीलाई प्रहरीले पक्राउ गरि अनुसन्धान अघि बढाएको छ ।
सृजनाले अन्तरजातीय विवाह कै पृष्ठभूूमिबाट शारीरिक र मानसिक यातना पाउदा ज्यान गुमाउनुपरेको संयुुक्त दलित संघर्ष समितिका रुपन्देहीका संयोजक हरिओम विश्वकर्माले बताए । सृजनाका दिदि रुपन्देही कञ्चन गाउँपालिका वडा न। १ कुचिरामा बस्ने दीपा सुनारले २३ बर्षिय सुमन क्षेत्री विरुद्ध जातीय भेदभाव तथा आत्महत्या दुरुत्साहनको उजुरी दिएकी छन । शुक्रबार उजुरी दर्ता गरेपछि शव पोष्टमार्टम पछि राती मात्रै अत्येष्टि गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation