उज्यालो पोस्ट २५ श्रावण, धनगढी–कैलालीमा मोटरसाइलकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तरगत जिल्लाको बर्दगोरिया गाउँपालिका–१ मा से ७ प ८०२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए।
उनका अनुसार ७२ वर्षीय साइकल यात्री जगतबहादुर साउँदको मृत्यु भएको हो। ‘दुर्घटनामा गम्भीर घाइते भएका साउदलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पुगाइएको थियो, उपचारकै क्रममा मृत्यु भएको हो।गौतमका अनुसार मोटरसाइकल धनीलाई नियन्त्रणमा लिइएको र चालक भने फरार रहेको उनले बताए।