सरकार द्वारा बिद्यार्थीलाई खोपको व्यवस्था

उज्यालो पोस्ट २८ श्रावण २०७८, बिहीबार
विभिन्न विद्यार्थी संगठनले खोप नलगाएसम्म परीक्षामा सामेल नहुने भनेपछि स्वास्थ्य मन्त्रालयले अबदेखि विश्वविद्यालयस्तरको परीक्षामा सामेल हुने विद्यार्थीले प्रवेश पत्र देखाएर खोप लगाउन पाउने व्यवस्था गरेको छ । उनीहरुले अस्ट्राजेनिका वा भेरोसेलमध्ये कुनै एक खोपको पहिलो मात्रा प्रवेशपत्रका आधारमा पाउने मन्त्रालयले जनाएको छ ।

तर सरकारले खोप लगाउँदै परीक्षामा सामेल हुन पाउने निर्णय गरेपछि समाजवादी विद्यार्थी युनियनले हिजो साँझ त्रिभुवन विश्वविद्यालयको घडी भवन अगाडि नो भ्याक्सिन, नो एक्जाम भन्दै नाराबाजी र प्रदर्शन गरेका छन् ।उनीहरुले नो भ्याक्सिन नो एक्जाम, क्यान्सिल अल फिजिकल एक्जाम, विद्यार्थीको स्वास्थ्यमा खेलबाड बन्द गर, स्वास्थ्य मापदण्ड लागू गरलगायतका नारासहित परीक्षा रोक्न प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका हुन् ।उता, नेपाली काँग्रेसका नेता गगन थापाले वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न आफूले बारम्बार सरकारको ध्यानाकर्षण गराएको बताएका छन् । उनले स्वास्थ्य मन्त्रालयले तेस्रो लहरबारे बताइरहँदा अर्कोतर्फ परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहने भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation