पोखरीमा डुबेर युवकको मृत्यु

जनकपुरधाम – सप्तरीमा पोखरीमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको बोदेबर्साईन नगरपालिका वडा नं। २ जोगियाका १८ वर्षीय ईन्द्र नारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।

जोगियाका पिन्टु साहको पोखरीमा नुहाउन गएको भनेका चौधरीको शव पोखरीमा स्थानीयहरुले देखेका थिए।

शवको जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान पूरा गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation