बालिका माथि जबर्जस्ति करणिको आरोपमा एक पुरुष पक्राउ:-गुल्मी

उज्यालो पोस्ट-गुल्मी,४ वर्षिय बालिका माथी जबर्जस्ति करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन। जिल्लाको कालीगण्डकी गाउँपालिका ७ भुर्तुङ्ग निवासी ३६ वर्षिय पुरुषले नाबालिका माथी जबर्जस्ति करणी गरेको आरोपमा पक्रीएको जिल्ला प्रहरी कार्यलय गुल्मिका नायब निरिक्षक पुरुसोतम प्रसाद पाण्डेले जानकारी दिएका छन।

अभियुक्त ले श्रावणको २८ गते जबर्जस्ती करणी गरेको भनी पिडित परिवारले भुर्तुङ्ग प्रहरी चौकिमा उजुरी दिएका थिए।आरोपित पुरुष लाई शुक्रबार बेलुकी पक्राउ गरि जिल्ला प्रहरी कार्यलय गुल्मिमा पठाईएको पाण्डेले बताए।प्रहरिले पिडित बालिका र अभियुक्तको नाम गोप्य राखेको जानकारी गराएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation