तालिवान लडाकुहरू राजधानी काबुलमा

श्रावण ३१, २०७८एजेन्सीहरु

काबुल — अफगानिस्तानका तालिवान लडाकुहरू आइतबार राजधानी काबुल पस्न थालेका छन् । अमेरिकाले त्यहाँस्थित दूतावासबाट कूटनीतिज्ञहरुलाई हेलिकप्टरमार्फत खाली गराएपछि तालीवानहरु काबुल पस्न थालेको अफगानिस्तानको गृह मन्त्रालयका अधिकारीले बताएका छन् ।

एक वरिष्ठ अधिकारीले समाचार संस्था रोयटर्सलाई तालीवानहरु सबै दिशाबाट काबुल पस्न थालेको बताएका छन् । यसबारे विस्तृत भने खुलाइएको छैन ।

अफगानिस्तानका मुख्य सहरहरु नियन्त्रणमा लिएको केही घन्टामै तालिवानहरु काबुल पसेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । आइतबार बिहान मात्रै तालीवानहरुले पूर्वी सहर जलालावादलाई नियन्त्रणमा लिएका थिए ।

अफगान राष्ट्रपतिको कार्यालयको ट्वीट अनुसार काबुलका विभिन्न स्थानमा फायरिङ भएको सुनिएकोु तर त्यहाँस्थित सशस्त्र बल र अन्तराष्ट्रिय साझेदारहरुको सहयोगमा सहर नियन्त्रणमै रहेको छ ।

तालिवान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको दोहास्थित एक नेतालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation