उज्यालो पोष्ट, बुटवल
लुम्विनी प्रदेश सरकारका पुर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले यूवा पलायन रोक्न नसकिए देशनै धरापमा पर्ने बताउनुभएको छ । पश्चिम नवलपरासीको बर्दघाटमा वाईसिएल नेपालको नगर भेलालाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्रका नेता तथा पुर्व मन्त्री बरालले देश भित्रै रोजगार सिर्जना गरेर विदेशीने यूवाहरुलाई रोक्न सके मात्र देशले फड्को मार्ने बताउनुभएको हो ।
यूवाको परिभाषा निश्चित उमेर समहुका आधार भित्र सिमि गर्न नहुने भन्दै बरालले अहिलेको यूुवा विचारका दृष्टिकोणले पनि खारिनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले अहिले पनि दैनिक रुपमा हजारौं यूवाहरु विदेश पलायन हुने क्रम नरोकीएको भन्दै यस तर्फ समयमै सचेत नभए देश गम्भिर दुर्घटनामा पर्ने बताउनुभएको हो । बरालले आगामी योजनाहरु युवाहरुका लागि रोजगार सिर्जन गर्ने तर्फ केन्द्रित रहने बताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै वाईसिएल नेपाल लुम्विनी प्रदेशका अध्यक्ष जितेन्द्र पुनले साजीक विक्रिती र विसंगती विरुद्ध लड्ने शक्तिनै वाईसियल रहेको बतादै सोही अनुसार अगाडि बढ्न निर्देशन दिनुभएको थियो । नेकपा माओबादी केन्द्रका लुम्विनी प्रदेश सचिवालय सदस्य एवं पुर्व राज्यमन्त्री घनश्याम यादवले यूवा शक्ति पार्टीको मेरुदण्ड भएको बताउँदै आगामी निर्वाचनमा पार्टीलाई टोल, वडा, नगर हुँदै केन्द्र सम्म पार्टीलाई स्थापित गर्ने गरी खट्नका लागि आग्रह गर्नुभएको थियो । जिल्ला अध्यक्ष भविश्वर तिवारी आजादले राजनैतिक आडमा हुने तस्करी नियन्त्रण गर्न वाईसिएल खट्नुपर्ने र आम जनताका पिर मर्कालाई सम्बोधन गर्दै अगाडि बढ्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा अनेम संघ क्रान्तीकारी कि केन्द्रिय सचिव एवं लुम्विनी प्रदेश सचिवालय सदस्य सिता बौडेल, प्रदेश सदस्य रामानन्द यादव, प्रदेश सदस्य सुर्य न्यौपाने, बाईसिएल प्रदेश उपाध्यक्ष माधव बस्नेत लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा वाईसिएल जिल्ला संयोजक दिपक राना, वाईसिएल जिल्ला सदस्य कविराज आचार्य, अखिल क्रान्तीकारीकारीका जिल्ला संयोजक विशाल गिरी, अनेम संघ क्रान्तीकारी बर्दघाटकी नगर अध्यक्ष धनमाया गिरी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
भेलाले हरि ढकालको अध्यक्षतामा ५१ सदस्यिय वाईसिएस नगर कमिटी गठन गरेको छ । कार्यक्रम वाईसिएल नगर ईञ्चार्ज हरि भुर्तेलको अध्यक्षता, मोहन सापकोटाको संचालन र वाईसिएल नगर सदस्य मेघराज भण्डारीको स्वागत मन्तब्य रहेको थियो ।