भदौ १५ सम्म रुपन्देहीमा निषेधाज्ञा

उज्यालो पोष्ट-३२ श्रावण, २०७८

बुटवल । रुपन्देहीमा भदौ १५ गतेसम्म निषेधाज्ञा लम्बिएको छ । सोमबार दिउँसो बसेको डिसीसीएमसीको बैठकले भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको साहयक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

कोरोनाको कहरलाई मध्यनजर गर्दै चाडपर्वको बेला,तीज नजिकिदै गरेकाले विभिन्न होटल तथा पार्टी प्यालेसमा कार्यक्रम गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको साहयक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation