अव २३ प्रतिसतले पार्टी फुुटाल्न पाउने
बुटवल भदौ १ । नेकपा एमाले फुटाउने योजना अनुसार सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ।
आज वा भोली सम्ममा केन्द्रीय समिती सदस्य वा संसदीय दलका २५ प्रतिसत सदस्यले अर्को दल गठन गर्न सक्ने गरी अध्यादेश आउन लागेको थियो । अध्यादेश ल्याउनकै लागि सरकारले सोमबार नै संसदको चालु अधिवेशन अन्त्य गरिसकेको छ।
२५ प्रतिसतले नया दल दर्ता गर्न सक्ने प्रावधान राखेर अध्यादेश ल्याउने गठबन्धन दलहरुको सहमती अनुसारको ड्राफ्ट भई सकेको छ गठबन्धनका एक नेताले बताए।
अझै त्यो पनि परिवर्तन गर्ने प्रस्ताव माधव नेपाल समुहको छ । माधव नेपाल समुहकै भिम रावल, सुरेन्द्र पाण्डे, योगेश भटराईहरु पार्टि बिभाजनको बिपक्षमा उभिएपछि २३ प्रतिसतले पार्टी फुटाल्न पाउने प्रावधान राख्नु पर्ने प्रस्ताव माधव नेपाल समुहको छ।
अहिलेको कानूनी ब्यवस्था अनुसार दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सदस्य चाहिने भएपछि नेकपा एमाले छोडन खोजेका माधव नेपाल लगायतलाई सजिलो बनाउन त्यसो गर्न खोजिएको एमालेको आरोप छ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पु¥याउन गाह्रो हुने भएपछि २३ प्रतिशतले दल विभाजन गर्न सक्ने व्यवस्थासहितको अध्यादेश ल्याउन लागिएको राष्टिय सभामा नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भटराईले बताए।