उज्यालो पोष्ट, बुटवल
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ मा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको मलमला मन्दिर जान बनाइएको सिँढी भत्किएको छ ।
धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको चुरेक्षेत्रमा रहेको मलमला क्षेत्रमा पैदलयात्रा जानका लागि निर्माण गरिएको सिँढीे एक वर्ष नहुदै करिब ४० मिटर भासिएको छ । मलमलादेवी मन्दिर तथा त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागी संसद विकास कोष र नगरपालिकाको लगानीमा उक्त सिँढी निर्माण गरिएको थियो । सिँढी भत्किएपछि स्थानीयवासी दुखी भएका छन् ।
मंगलवार उज्यालो पोष्टका सम्पादक सहितको टोलि भत्किएको क्षेत्रमा अवलोकन गर्न गएको थियो । केहि स्थानिय संग भेटेर बुज्दा सिँढी भत्किनुमा ईन्जिनियरको लापरवाहि भएको नाम नबताउने सर्तमा एक स्थानियले उज्यालो पोष्टलाई बताए । उनले भने उक्त सिँढी बनेको क्षेत्र माटो झरीरहने र निकै कमजोर थियो । पहिले देखि त्यहि बाटो हुँदै भक्तजन आउने जाने गरेकोले सोहि ठाउमा माटोको अध्ययननै नगरी सिँढी बनाउनु नगरकै ठुलो गल्ति भएको आरोप समेत लगाए ।
यता हामिले सैनामैना नगरपालिकाका ईन्जिनियर सुरज न्यौपाने संग बुज्दा आफु यो घटनाले निकै चिन्तित भएको बताए । दैविक प्रकोप, कमजोर भु–बनोटले गर्दा यी यस्ता घटनाहरु हुने गर्दछन् तर यो अलि फरक भएको र यस विषयमा भुगर्वविधलाईनै लिएर परामर्श गर्ने बताए ।
प्रतिनिधिसभाका सांसद भरत शाहको संसदीय विकास कोषबाट रु ३० लाख बजेट परेपछि मन्दिरसम्म पुग्नका लागि पैदल यात्राका लागि सिँढी बनाउने काम जय देउराली निर्माण सेवा कम्पनीसँग ठेक्का सम्झौता भइ काम सम्पन्न भएको थियो । निर्माण गरिएको उक्त सिँढी भत्किएपछि करिब २५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । उक्त सिँढी भत्किएपछि सो मन्दिरमा दर्शन गर्नका लागी पुग्ने दर्शनार्थीहरुका लागी समेत समस्या भएको छ ।