काठमाण्डौ नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ ।
पार्टी विभाजन गर्ने तयारीमा रहेका माधव नेपालसहित १४ जनालाई कारबाही गरिएको एमालेले जनाएको छ।
माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, विरोध खतिवडा,कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणी चौधरी, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव र कलिला खातुनलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्ने निर्णय संसदीय दलले गरेको भन्दै संसद सचिवालयलाई सूचना दिएको एमाले सचेतक शान्ता चौधरीले बताईन्