थपिए २ हजार ३२१ नयाँ संक्रमित,थप ३३ जनाको मृत्यु

भाद्र ३, २०७८ —उज्यालो पोष्ट संवाददाता

काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ४२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ३२१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४६ पीसीआर परीक्षणमा बिहीबार थप २ हजार ३२१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ४९२ परीक्षणबाट ७५४ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १६ हजार ४३८ परीक्षणमा ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार १२६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ९१ हजार २९९ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation