सैनामैना मिडिया ग्रुप प्रा.लि.को पहिलो भेला सम्पन्न

उज्यालो पोस्ट,विकासका लागी आवाज सैनामैना मिडिया ग्रुप प्रा लि रुपन्देहीले आज शेयर सदस्यहरुकोे प्रथम भेला तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । सैनामैना ५ बुद्धनगरबाट सञ्चालनमा आएको ग्रुप मिडिया प्रा लि ले विगत एक महिना देखी उज्यालो पोष्ट नामक अनलाईन समेत सञ्चालन गर्दै आएको छ ।


झण्डै ५० भन्दा बढी शेयर सदस्य रहेको मिडिया ग्रुपले आज होटल थ्री यस राजापानि कपिलवस्तुमा लुम्विनी प्रदेशका प्रदेश सभा सांसद तथा पुर्व सामाजिक विकास मन्त्री सुदर्शन बारालको प्रमुख आथित्यतामा कार्यक्रम सम्मपन्न गरेको हो । कार्यक्रममा पुर्व मन्त्री बरालले अवका सञ्चार माध्यमहरु अरुका देखा सिखि, कपि पेष्ट मात्र नभएर खोज पत्रकारीतामा ध्यान दिनु पर्ने बताउनु भयो । समाजमा हुनेगरेका विकृती विसङगतिलाई जस्ताको तस्तै सञ्चार माध्यममा ल्याउन, समाज परिर्वतको संवाहक सञ्चारमाध्यम रहेको वताउनुभयो ।


यो मिडिया ग्रुपको योजना धेरै फराकिलो रहेको र भोलिका दिनमा रेडियो, टेलिभिजन मात्र नभए सहकारीको अवधारणा समेत रहेको हुदा आफनो तर्फ बाट पुर्ण सहयोग हुने भन्दै मिडिया ग्रुपलाई सफलताको शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा मिडिया ग्रुपका उपाध्यक्ष राम प्रसाद भुषालले मिडिया ग्रुपको प्रतिवेदन प्रस्तुत गर्दै लक्ष्य योजना माथी प्रकास पार्नभएको थियो । धेरै मिडियोको नाममा राजनिति गरेको देखिएको छ तर यो मिडिया कुनै पक्षको नभएर समुदायको मिडिया रहेको वताउनु भयो । अन्याय अत्याचार भ्रष्टचार बेथिती विरुद्ध यो मिडियाले भिडियोकै माध्यमवाट सधै वोल्ने र न्यायको खोजी गर्ने जानकारी गराउनु भयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य भोला बस्याल, पुर्व सभासद शारदा घिमिरे लगायतको उपस्थिती रहेको थियो ।मान बहादुर महत (नारायण )अध्यक्ष रहेको पन्ध्र सदस्यीय नव निर्वाचित मिडिया ग्रुपका सम्पूर्ण पदाधिकारीलाई टिका तथा खादाले पुर्व मन्त्री बरालले सम्मान गर्नुभएको थियो ।

सैनामैना मिडियो ग्रुपका अध्यक्ष मान बहादुर महत(नारायण )को अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिडिया ग्रुपका कोषाध्यक्ष दिपिका शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने सस्थाका सचिव तथा उज्यालो पोष्टका सम्पादक रमेश गैरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation