स्थानिय स्तरमै राहत बितरण गरिदै

मर्यादपुर, कपिलवस्तु

कोरोना भाईरसको संक्रमणलाई न्युनिकरण गर्ने उद्धेश्यका साथ सरकारले लकडाउनको अवधी बढाउदै गर्दा स्थानियस्तरमा भने स्वतहफुर्त रुपमा राहत सहयोग संकलन हुन थालेको छ । सरोकारवाला निकायबाट अपेक्षाकृत रुपमा अति गरिब र बिपन्नलाई लकडाउन अबधीमा गर्जो टार्न सहयोग गर्ने योजना निर्माणको अन्योलताका बिच स्थानियस्तरमा सहयोग संकलन र बितरण गर्न थालिएको हो । सोही क्रममा कपिलवस्तु जिल्लाको यशोधरा गाँउपालिकाका समाजसेवी हबिबुल्लाह खाँ र युवा अगुवा मोहित मिश्राको पहलमा माक्स, साबुन, र आलु लगायतका सामाग्री बितरण गरिएको छ । खाँ र मिश्राले गाँउपालिकाको वडा नम्बर ७ सुलतनवापुरका २ सय बढि घरधुरीमा माक्स र साबुन बितरण गरेका छन । त्यसै गरि वडा नम्बर ५ को ननवामा ९० घरधुरीमा प्रत्यक परिवारलाई माक्स र ५ केजी आलु बितरण गरिएको युवा अगुवा मोहित मिश्राले बताए । “हामीले सानोस्तरमा केहि राहत बिरतण गर्न शुरु गरेका छौ । ज्याला मजदुरी गरेर खाने गरिबलाई खाधान्नको तत्कालिन सहयोग आवश्यकता देखिएको छ ।” मिश्राले भने । संकटका बेला केहि हद सम्म राहत दिलन पाएको बताउदै अन्यस्थानमा समेत राहत सामाग्री बिरतण गर्न पहल गर्ने समाजसेवी हबिबुल्लाह खाँले बताए । “गरिब परिवार भोकै नबसुन भन्नका लागी हामी सबै मिलेर आवश्यक सहयोग गर्नु पर्ने आवश्यकता छ ।” उनले भने ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation