सैनामैना कन्सल्टिङ इन्जीनियरिङ एसोसिएशनका अध्यक्ष दिपक अधिकारीले आफ्नो जन्मदिन फरक ढङ्गले मनाएका छन् ।आइतबार ३६औँ जन्मदिनको अवसरमा अधिकारीले सैनामैना नगरपालिका–४,कुस्माका एक मृगौला पिडितलाई आर्थिक सहयोग गरेका हुन् ।समाजसेवि समेत रहेका अधिकारीले दुवै मृगौलामा समस्या भई उपचाररत ६ वर्षिय बालक सुदिप थारुको उपचारर्थ ११ हजार १ सय पाँच रुपियाँ सहयोग गरि आफनो जन्मोत्सव मनाएका हुन् ।
सैनामैना उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका दिपक अधिकारीले उक्त रकम मृर्गौला पिडितका आमा सतकला थारुलाई हस्तान्तरण गरेका छन् ।अधिकारीले जन्मदिनलाई मानव सेवासंग जोड्ने उद्धेश्यले सहयोग गरेको बताउँदै गरिब जनताले उपचार गर्न नसकेर अकालमा ज्यान गुमाउनु पर्ने अवस्था रहेकाले राज्यले स्वास्थ्य उपचारको निःशुल्क व्यवस्था गर्नुपर्ने बताएका छन् ।जन्मदिनमा फजुल खर्चगरि रमाईलो गर्नुभन्दा गरिब दुखीको आलो घाउमा मलाम लगाउन सकियोस भन्ने अभिप्रायले आफुले सानो सहयोग गरेको बताए ।
मृगौला पिडित बालक थारु अहिले काठमाण्डौँको पाटन अस्पतालमा उपचाररत छन् ।उपचार खर्चिलो भएकाले पिडीतका लागीे देश तथा विदेशमा रहेकाहरुसंग सहयोगका निम्ति अपिल समेत गरेका छन् । दिपकले थप आर्थिक जुटाउन सहयोग र समन्वय गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।जन्मदिनको अवसरमा सहयोग गरेको भन्दै मृर्गौला पिडित परिवारले धन्यवाद ज्ञापन गरेका छन् ।हस्तान्तरण कार्यक्रममा युवा समाजसेवी गोविन्द खरेलको सञ्चालन रहेको थियो ।
उपचारका लागी परिवारको याचना
रुपन्देहीको सैनामैना नगरपालिका वडा न.४ कुस्मा बस्ने वर्ष ३६की सतकला थारुको ६ वर्षिय छोरा दुवै मृर्गौला रोगबाट पिडित छन् । विगद २ वर्ष अघि देखि मृर्गौला रोगले ग्रसित भएका बालक सुदिप थारुको उपचारमा आर्थिकको अभाव भएपछि परिवारले आर्थिक सहयोगको याचना गरिरहेको छ ।ज्याला मजदुरी गरि दैनिकी चलाउने सो परिवारमा ब्रर्जापात परेपछि आफनो छोरालाई नयाँ जिवन दिन सवै संग पिडित परिवारले अपिल गरेको छ ।
मृर्गौैला पिडितका आमा सतकला थारुले भनिन् भएको सम्पत्ति पनि उपचारका लागी बेचियो,अब दैनिकी चलाउन पनि धौ धौ भएको छ ? क्यारी मेरो छोरो बचाउने होला भनेर दुखेसो पोखिन् ।छोराको उपचारका लागी अहिले सम्म ३६ लाख सम्म खर्च भईसकेको बताईकी छन् ।
उपचार गरे छोरा १६ वर्ष हुदाँ उक्त रोग समाधान हुने चिकित्सकले बताएको बताईन् । एकपटक अस्पतालमा चेकजाँच गराउँदा एक लाख सम्म लाग्ने भन्दै यति धेरै रकम कहाँबाट जुटाउने होला भन्दै चिन्तित छन् । मानवियता प्रकट गरि सो इच्छाले सहयोग गर्न सवैलाई आग्रह पिडित परिवारले गरेको छ ।
सतकलाको परिवारमा जुन पिडा छ त्यो भोली विहान हाम्रो परिवारमा पनि पर्न सक्छ ।त्यसैले सहयोगी भावना प्रकट गरि सक्दो सहयोगमा जुटौँ । हामीले गरेको सानो सहयोगले बालक सुदिपको जिवन जोगिन सक्छ । पिडित सतकला थारुको परिवारका लागी सहयोग गर्न कृषि विकास बैँकको खाता न.०४–१४२–००८०३८७४–०१–९ वा ९८१७५९५८९४मा सम्पर्क गर्न सक्नुहुनेछ ।