लुम्बिनी प्रदेशसभाको बैठक सुरु, एमालेद्वारा चर्को नारावाजी

बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदले अजय शाही र बिमला वलीलाई पदमुक्त गर्न माग गर्दै नाराबाजी गरि रहेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले सांसद अजय शाही र बिमला वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने भन्दै सभामुखलाई पत्र बुझाएको थियो । एमालेले सांसदद्वय शाही र वलीलाई पदमुक्त गर्न माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation