मुख्यमन्त्री केसीले आजै बिश्वासको मत लिने

बुटवल, भदौ ७ । लुम्विनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले आजै बिश्वासको मत लिने भएका छन्।

प्रमुख प्रतिपक्षले निरन्तर अवरोध गरेपछि स्थगन हुदै आएको प्रदेशसभाको नवौं अधिवेशनको ४ बैठकमा मुख्यमन्त्री कुल प्रसाद केसीले बिश्वासको मत लिने कार्यसूची तय भएको छ।

बैसाख ३ गते स्थगन भएको प्रदेशसभाको बैठक आज दिउसो १ बजे आब्हान गरिएकोमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले नारावाजी गरेपछि दिउसो २: ३० बजेका लागि स्थगित भएको थियो।

आजको कार्यसूचीमा मुख्यमन्त्री केसीले आफु माथी प्रदेशसभाको बिश्वास छ भनी मत लिने र त्यसको निर्णय सूनाउने गरी तय गरिएको छ।

यता प्रमुख प्रतिपक्षी एमालेले भने आफुहरुको माग बमोजिम बिना बिभागीय मन्त्री अजय शाही र सांसद बिमला वलीलाई पदमुक्त नगरे सम्म सदन चल्लन नदिने अडानमा रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation