लुम्बिनी लर्निङ्गको सफलता ,शत प्रतिशत विद्यार्थीको सिओई

उज्यालो पोस्ट,२०७८ भदौ १०

कपिलवस्तु-जितपुर ४ न ,जिल्लामै सर्वोत्कृष्ट लुम्बिनी लर्निङ्ग सेन्टर प्रा।लि। एक पछि अर्को सफलता तर्फ लम्किरहेको छ । विभिन्न भाषा, ब्रिज कोर्ष, सबै लेभलका ट्युसन, कम्प्युटर, लोक सेवा आयोग तथा शिक्षक सेवा आयोगका परिक्षामा जिल्लाकै सर्वोत्कृष्ट लुम्बिनी लर्निङ्ग सेन्टरले फेरी अर्को सफलता प्राप्त गरेको छ । सेन्टरले गत बर्ष जस्तै जापानका लागि विद्यार्थी भिषा आवेदन दिएका शत प्रतिशतको सि।ओ।ई। आएको छ । अध्ययनका लागि जापान जान ईच्छुक निवेदन दिएका विद्यार्थीहरु सबैको सिओई आए संगै विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् । यस सेन्टरमा उक्त भाषा अध्ययन गरेका विद्यार्थीहरुले जापानका ओसाका, फुकुओका लगायत प्रमुख शहरहरुमा आवेदन दिईएकोमा शत प्रतिशत नतिजा ल्याउन सफल भएको सेन्टरका जापानिज भाषा विभागिय प्रमुख डिल्लिराज सापकोटाले जानकारी दिए ।

नाफा भन्दा सदैव विद्यार्थीहरुको भविष्यमा लागि परेको सेन्टरका प्रमुख असिम क्षेत्री बताउँछन् । उनले निजि शैक्षिक संस्था भए पनि कहिले पनि नाफामा मात्र जोड नदिएको भन्दै विद्यार्थीहरुको भविष्य नै साकार पार्नमा सेन्टर प्रतिवद्ध रहेको बताए ।

विक्रम संवत २०७२ सालमा स्थापना गरिएको लुम्बिनी लर्निङ्ग सेन्टर प्रालिले कोरियन, जापनिज लगायत विभिन्न भाषा, सम्पुर्ण लेवलका ट्युसन कक्षा, सबै कोर्षका कम्प्युटर कक्षा दक्ष एवम् अनुभवि प्रशिक्षकद्धारा पठनपाठन गराईरहेकोले नतिजा जिल्लामै उत्कृष्ट रहेको त्यहाँ अध्ययनरत विद्यार्थीहरु बताउँछन् ।

प्रोजेक्टर लगायत आधुनिक शैक्षिक सामग्रीबाट अध्यापन, उत्कृष्ट पुस्तकालयको व्यबस्था, दक्ष एवम् अनुभवि प्रशिक्षकद्धारा अध्यापन, पुराना तथा बाहिरि जिल्लाबाट आएका विद्यार्थीहरुलाई विशेष छुट लगायतका विशेषताहरुले भरिपुर्ण यस संस्थामा अध्ययन गर्न ईच्छुक विद्यार्थीहरुको संख्या दिनानुदिन बढिरहेको पाईन्छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation