लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा बामदेब क्षेत्रि नियुक्त

बुटवल-लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री घिमिरे नियुक्त भएका छन्। 
मन्त्रिपरिषदको आइतबारको बैठकले घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो। आर्थिक विषयमा चासो राख्ने उनी माओवादी केन्द्रका नेता हुन्। 
यस्तै आयोगको सदस्यमा शिवपुजन यादव, दामोदर भुसाल नियुक्त भएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए। ५ सदस्यीय आयोगमा बाँकी सदस्य पछि नियुक्त गर्ने उनले बताए। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation