एमाले विभाजनको धक्का प्रदेश सरकार अल्पमतमा

उज्यालो पोष्ट,भाद्र १६, २०७८ 

काठमाडौँ । पार्टी विभाजित भएपछि नेकपा एमालेको नेतृत्वमा रहेको बागमती प्रदेश र र प्रदेश १ को एमाले सरकार संकटमा परेका छन् ।

पछिल्लो राजनीतिक समीकरणले एमालेले गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आफ्नो नेतृत्वको सरकार गुमाएको छ भने संघीय सरकार सरकारबाट पनि बाहिरएको छ ।निर्वाचन आयोगले प्रदेशसभाका सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई भदौ २२ गतेसम्ममा दल रोज्नका लागि समय तोके अनुसार अहिले एमाले र एकीकृत समाजवादीमा निर्वाचित जनप्रतिनिधि तान्ने होडबाजी चलेको छ ।

प्रदेश १ मा आज एमालेका कम्तिमा १२ सांसदहरुले एकीकृत समाजवादीमा सनाखतको तयारी गरेका छन् । ८७ सदस्यीय प्रदेश सभामा एमालेका ५२ सांसद रहेका छन् । यसअघि माधवकुमार नेपालको पक्षमा प्रदेश १ मा १९ सांसद रहेपनि भिम आचार्यले नेपालको साथ छोडेर ओली पक्षमा लागेपछि अहिले १२ जना रहेको बताइएको छ । आचार्य गत विहिबार एक्कासी मुख्यमन्त्री बनेपनि एकसाता मै अल्पमतमा परेका छन् । अब केन्द्रको गठबन्धन अनुसार नै प्रदेशमा नयाँ सरकार गठन हुने निश्चित भएसँगै आचार्य नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ ।

त्यस्तै बागमती प्रदेशमा पनि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । बागमती प्रदेशका समाजिक विकासमन्त्री कृष्ण प्रसाद खनालसहित १२ जना एमाले सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

मंगलबार एकीकृत समाजवादीमा सनाखत गर्ने सांसदहरुमा मन्त्री खनालसहित राजेन्द्र पाण्डे, बसन्त मानन्धर, मुनु सिग्देल, राजेन्द्रमान श्रेष्ठ, माधव पौडेल, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, कुसुम कार्की, रमा आले मगर, पार्वती सिलवाल र इन्द्रमाया गुरुङ रहेका छन् ।

भदौ २ गते मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेपछि अब नयाँ मुख्यमन्त्रीका लागि काँग्रेसका इन्द्र बानियाँ र एकीकृत समाजवादीका राजेन्द्र पाण्डेको दाबेदारी रहेको छ ।

बागमतीमा एमालेका ५६ सांसद रहेकोमा १२ जनाले पार्टी छोडेका छन् ।

११० सदस्यीय प्रदेश सभामा अब एमालेमा केबल ४४ सांसद रहेका छन् । त्यस्तै एकीकृत समाजवादीका नेताहरुले अहिले १२ जनाको सनाखत भएको र अझै सांसदहरु थपिने बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation