अखिल(क्रान्तिकारी) सैनामैनाको नगर भेला सम्पन्न

उज्यालो पोष्ट,भाद्र १९, २०७८

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी)सैनामैनाको प्रथम नगर भेला सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र निकट भातृ संगठन अखिल(क्रन्तिकारी) सैनामैनामा नारायण न्यौपानेको अध्यक्षमा पैतिस सदस्यीय नगर कमिटि गठन भएको छ ।


सैनामैना-अखिल(क्रान्तिकारी) सैनामैनामा भब्य कार्यक्रमका विच भएको भेलालाई सम्वोधन गर्दै प्रमुख अतिथि अखिल(क्रान्तिकारी) केन्द्रिय सदस्य तथा लुम्बिनि प्रदेश सह–संयोजक अनुप पोख्रेलले देशको समग्र राजनैतिक परिवर्तन र विद्यार्थि हकहितका लागि वलिदानिपूर्ण संघर्षबाट आएको मुलुकको एकमात्र विद्यार्थि संगठन अनेरास्ववियू(क्रान्तिकारी) रहेको दावि गरे । साथै उनले भने शिक्षाको ब्यवसायिकरण र दलाल पूजिपतिहरुको कमाइखाने भाडो नभएर शिक्षा आम नागरिकको आधारभूत आवश्यकतामा पर्ने भएकाले सर्वसुलभ हुनुपर्छ भन्ने अखिल क्रान्तिकारीको माग हो । त्यसैले अन्य विद्यार्थि संगठनहरु दलाल पूजिपतिकै पक्षपोषणमा लागेको र आफुहरु सदैव निमुखा श्रमजिवि वर्गको पक्षमा अविचलित रुपमा लागेकाले गर्वका साथ अनेरास्ववियू(क्रान्तिकारी) मा आवद्ध हुन अपिल गरेका छन् ।


त्यसैगरी मन्तब्यकै क्रममा कार्यक्रमाका बिसिष्ट अतिथि नेकपा माओवादी केन्द्र सैनामैनाका नगर संयोजक मान बहादुर महत्त(नारायण) ले विधार्थी भनेको देशको आधारभुत शक्ति हो जसलाई समाज परिवर्तन र सामाजिक रुपान्तरणको सम्वाहक पनि भन्ने गरिन्छ।तसर्थ सैनामैनाको हकमा शैक्षिक गुणस्तर सुधार र प्राविधिक शिक्षामा जोड दिने कुरामा माओवादी केन्द्र सकारात्मक रहेको ले विधालय भित्र रहेको अनियमितता,दलालिकरण र नोकरसाही प्रवृतिको विरुद्धमा शसक्त रुपमा प्रतिपाद गर्नुपर्ने तथा सृजनशिल कार्य गरेर बिधालयमा अनुशासनको दायरामा रहन अपिल गरे भने यदि कसैले राजनैतिक प्रतिवाद गरे आफुहरु माउ पार्टीको रुपमा प्रस्तुत हुने कुरामा विश्वस्त रहन आग्रह गरेका छन।


सैनामैना ६, कलौनिमा आयोजित नगर भला कार्यक्रम को अध्यक्षता नारायण न्यौपाने, प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा लुम्बिनि प्रदेश सह–संयोजक अनुप पोख्रेल, बिसिष्ट अतिथि नेकपा माओवादी केन्द्र सैनामैनाका नगर संयोजक नारायण महत्त, विद्यार्थि फ्याक्सन ईन्चार्ज चेतनारायण भण्डारी, अखिल क्रन्तिकारी केन्द्रिय सदस्य तथा रुपन्देही ईन्चार्ज रुपेश पौडेल, रोमनाथ न्यौपाने, सागर पन्थ लगायतको उपस्थीतिमा भएको कार्यक्रको संञ्चालन संयोग बस्यालले गरेकि थिईन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation