गैरे पविरवार कांग्रेसमा सक्रिय

रुपन्देहीको बुटवललाई कर्मथलो बनाए गैरे परिवार लामो समयदेखि व्यापार व्यवसायमा आवद्व छ । उद्योग, पेट्रोलियम पदार्थ र टायर लगायतका विभिन्न पेशा व्यवसायमा आवद्व गैरे परिवार राजनीतिक र सामाजिक क्षेत्रमा पचिचित परिवार हो। उद्योग तथा व्यापार व्यवसायमा सफल मानिने गैरे परिवार गैरे प्रतिष्ठानको रुपमा पनि परिचत छ। व्यापार व्यवसायसंगै सामाजिक क्षेत्रमा क्रियाशीले गैरे परिवार पछिल्लो समयमा नेपाली कांगे्रसको राजनीतिमा सक्रिय देखिएको छ।

पहिला भोटको हिसावले कांगे्रस तर त्यती सक्रिय रुपमा नदेखि गैरे परिवारले अहिले खुलेर कांगे्रसको राजनीतिमा सक्रियता बढाएको छ। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सुरु भएसंगै गैरे परिवारको दुइ पुस्ता कांग्रेसप्रति आर्कषित बनेको हो। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशनमा बुटवलका विभिन्न वडाबाट गैरे परिवारका पांचजना निर्वाचित भएका छन्। गैरे परिवारबाट बालकृष्ण गैरे, टंकप्रसाद गैरे, पे्रमराज गैरे, हिमाल गैरे र विशाल गैरे वडा अधिवेशनमा निर्विरोध निर्वाचित भएका छन्।

बुटवल उपमहानगरपालिका वडा नम्बर १३ बाट निर्विरोध निर्वाचित बालकृष्ण गैरे र वडा नम्बर १२ बाट निर्विरोध निर्वाचित टंकप्रस्दा गैर नातामा दाजुभाई हुन। त्यस्तै बुटवल उपमहानगरपालिका वडा नम्बर ८ बाट निर्वाचित पे्रमरोज गैरे, वडा नम्बर १३ बाट निर्विरोध निर्वाचित हिमाल गैरे र वडा नम्बर १३ बाटै निर्वाचित विशाल गरै नातामा दाजुभाइ हुन । गैरे परिवारका पांचै जनाले अबदेखि कांगे्रसको सक्रिय राजनीतिमा खुलेर लाग्ने प्रतिवद्वता जनाएका छन्।

पाल्पाबाट २०२८ सालमा बालकृष्ण गैरे रुपन्देहीको सैनामैना रामापुर झरेर गल्ला किराना व्यवसाय सञ्चालन गरेको गैरे परिवार अहिले रुपन्देहीमा आर्थिक रुपले सम्पन्न परिवारमा मानिन्छ। व्यापार व्यवसायमा तल्लिन एउटै घरपरिवार वा एउटै बला भित्रका गैरेहरु एकाएक कांगे्रसको राजनीतिमा सक्रिय हुनुले बुटवलमा चर्चा चल्न थालेको छ। भोटको हिसावले कांगे्रसमै आवद्वता रहेका गैरेहरु मध्येबाट पे्रमराज गैर वडाहुंदै कांगे्रसको महासमिति सदस्यका लागि आफुलाई योग्य उम्मेदवार भएको बताउन छन्।

टंकप्रसाद गैरेका अनुसार रुपन्देहीको रामापुरमा २०३७ र २०४४ सालमा घरमा डांका पसेर नगदसहित मुल्यान सम्पति लुटेपछि गैरे परिवार बुटवलमा केन्द्रित रहेर उद्योग, व्यापार व्यवसायमा लागेको थियो। मोटरपास, गाडी, इटाभट्टा, फेन्सी हुंदै २०५५ बाट पेट्रोलियम व्यवसायमा लागेको गैरे परिवार अहिले कांगे्रसको राजनीतिमा खुलेर लागेका छ । उद्योग व्यापार, व्यवसायसंगै कांगे्रसको राजनीतिमा सक्रियता बढाउने टंकप्रसाद गैरको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation