सैनामैना उद्योग बाणिज्य सघंद्धारा वृक्षारोपण

उज्यालो पोष्ट,भाद्र २३ , २०७८

सैनामैना – सैनामैना उद्योग वाणिज्य सघंले आफ्नो ८ औ स्थापना दिवशको अवसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । सालझण्डी सामुदायीक वनमा आज बिहान करिव १५० वटा टिक प्रजातिका विरुवाहरु लगाईएको छ ।


स्थापना दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रमा नेपालि काग्रेस जिल्ला उप–सभापति फणिन्द्र शर्मा को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वोल्दै जलवायू परिवर्तनको मुख्य कारण वन विनाश भएको वताउदै यसको संरक्षणमा सवै लाग्नुपर्ने वताउनुभयो ।

यस्तै विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र जिल्ला सदस्य दिपक भण्डारीले हरीयो वन नेपालको धन नारामा भनिएता पनि आम उपभोक्ताले बनको सहि सदुपयोग गर्न नपाएको वरु सवै काठबाट वनेका सामान चिन र भारतवाट आयात गर्नुपरेको वताउदै बिडम्वना हाम्रा घरहरु फलामका झ्याल ढोका राखि वनाउनुपरेको छ । ठुला औद्योगिक देशलाई खुसि पार्ने नाममा हामि उपभोग गर्न नपाएकाले अव यि वन आम नागरिकले सहज र सुलभ दरमा उपभोग गर्न पाउने गरि सरकारले निति वनाउनुपर्ने धारणा राख्नुभयो ।


सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेम बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमामा तारानाथ वेलवासे, देवि कडेल, दुर्गा गौतम, देवराज पौडेल, गोविन्द खरेल, हरी पोखे्रल लगायतको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको सैनामैना उद्योग वाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष दिपक अधिकारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation